Check Mail | नेपाली | English
Latest News

भूमिका/कार्य/जिम्मेवारी

भूमिका/कार्य/जिम्मेवारी

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६९ ले अर्थ मन्त्रालयको कार्य विभाजन देहाय बमोजिम तोकेको छः
  • आर्थिक तथा राजस्व नीति, आर्थिक प्रशासन र नियन्त्रणसम्वन्धी योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन अनुगमन र मूल्याङ्कन ।
  • आर्थिक विश्लेषण ।
  • आर्थिक साधनहरुको बाँडफाँड ।
  • मुद्रा, मौद्रिक नीति निर्धारण र कार्यान्वयन ।
  • नेपाल राष्ट्र बैंक, बैंकिङ्ग (नेपाल औद्योगिक विकास निगम समेत), बित्तीय संस्था तथा बीमा ।
  • आय व्यय विवरण (बजेट) ।
  • राजस्व नीति र योजना ।
  • राजस्व प्रशासन एवं राजस्व संकलन ।
  • राजस्व अनुसन्धान ।
  • सामान्य मूल्य नीति ।
  • सामाजिक तथा आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय सम्पर्क र समन्वय ।
  • आर्थिक, बंैकिङ्ग एवं मुद्रा विषयक अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय ।
  • बैदेशिक ऋण, अनुदान तथा अन्य द्विपक्षीय एवं बहुपक्षीय सहायता ।
  • विदेशी मुद्रा विनिमय तथा नियन्त्रण ।
  • सार्वजनिक ऋण तथा नियन्त्रण ।
  • तलव, भत्ता, दैनिक तथा भ्रमण भत्ता, निवृत्तिभरण, उपदान लगायत आर्थिक दायित्व र सेवासुविधा सम्वन्धी विषय ।
  • सरकारी स्वामित्वमा रहेका संस्थानको नियमन, नियन्त्रण, समन्वय र निर्देशन तथा तलव, भत्ता, बोनस, लगानी र लाभांशसम्बन्धी नीति निर्धारण ।
  • विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय विकास संस्था तथा अन्य अन्तर्राष्ट्रिय बित्तीय संस्था ।
  • सरकारी कोषको व्यवस्थापन, सञ्चालन तथा प्रशासन ।
  • लेखा नियन्त्रण तथा व्यवस्थापन ।
  • सार्वजनिक प्रतिष्ठानको निजीकरण, अनुगमन र नियमन ।
  • सार्वजनिक संस्थानको प्रशासन, नीति निर्माण र समन्वय ।
  • राजस्व र आर्थिक प्रशासन तालिम ।
  • पूँजी बजार ।
  • सार्वजनिक लगानी ।
  • महालेखापरीक्षकको कार्यालय ।
  • कर्मचारी सञ्चय कोष ।
  • नागरिक लगानी कोष ।
  • सार्वजनिक संस्थान निर्देशन वोर्ड ।
  • सम्पत्ति शुद्धीकरण ।
  • युवा स्वरोजगार सम्वन्धी ।
  • अवकाश कोष ।
  • नेपाल लेखापरीक्षण सेवाको सञ्चालन ।
  • एन.आई.डि.सि. विकास वैंक सम्वन्धी ।