Gender Responsive Budget Committee

 

नाम  पद  कार्यालय 
श्री लोकदर्शन रेग्मी, सह सचिव संयोजक अर्थ मन्त्रालय,बजेट तथा कार्यक्रम महाशाखा
श्री प्रदर्शनी कुमारी साह, उप सचिव सदस्य राष्ट्रिय योजना आयोगको सचिवालय
श्री खड्ग वहादुर राना, उप सचिव  सदस्य महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय 
श्री श्यामनिधी तिवारी,  उप सचिव  सदस्य अर्थ मन्त्रालय, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा
श्री रमेश कुमार अधिकारी, ,  उप सचिव   सदस्य स्थानीय  विकास मन्त्रालय
श्री शालिग्राम पौडेल शर्मा, उप सचिव  सदस्य महालेखा नियन्त्रक कार्यालय
श्री दुर्गा प्रसाद खतिवडा, कार्यक्रम अधिकृत सदस्य यु .एन.वोमन, नेपाल 
श्री शिवादेवी दाहाल, उप सचिव सदस्य सचिव अर्थ मन्त्रालय,बजेट तथा कार्यक्रम महाशाखा

 


लैङ्गिक उत्तरदायी बजेट समितिको कार्यक्षेत्र (Terms of Reference)

१) आवधिक योजना तथा वाषिर्क कार्यक्रम र बजेटलाई लैङ्गिक उत्तरदायी बनाउन अवलम्वन गर्नुपर्ने क्षेत्रगत नीति तथा कार्यक्रमहरु राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा सुझाबको रुपमा प्रस्तुत गर्ने ।
२) बजेटलाई लैङ्गिक उत्तरदायी तुल्याउन विद्यमान बजेट प्रणालीमा गर्नुपर्ने सुधारका लागि सुझाव दिने ।
३) लैङ्गिक समानता प्रबर्धन गर्न समष्टिगत आर्थिक नीति तथा राष्ट्रिय विकास नीतिहरुबाट पर्न गएको असरहरुको नियमित विश्लेषण गर्ने ।
४) लैङ्गिक उत्तरदायी बजेट एवं कार्यक्रम निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि लैङ्गिक सर्म्पर्क बिन्दु लगायत सरकारी निकायहरुको संस्थागत क्षमता तथा जनशक्तिको दक्षता अभिबृद्धिका लागि आवश्यक ब्यबस्था गर्ने ।
५) लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी जनचेतना अभिबृद्धि गर्न प्रचार प्रसार गर्ने तथा गराउने ।
६) र्सार्वजनिक खर्चको लैङ्गिक दृष्टिकोणबाट अनुगमन तथा मूल्याङ्कन गरी सो को नतिजा प्रकाशन गर्ने ।
७)
र्सार्वजनिक खर्चलाई लैङ्गिक उत्तरदायी बनाउन क्षेत्रगत मन्त्रालय तथा निकायहरुसँग समन्वय गर्ने ।
८)
दातृ निकायहरुसँग समन्वय गरी लैङ्गिक दृष्टिले सहायताको प्रभावकारीतामा अभिबृद्धि गर्न पहल गर्ने ।
९) गैर सरकारी संस्था, नागरिक समाज तथा नीजिक्षेत्रका आर्थिक सामाजिक बिकास सम्बन्धी नीतीहरु लाई लैङ्गिक उत्तरदायी बनाउन समन्वय गर्ने ।
१०) राष्ट्रिय बिकासको पर्रि्रेक्षमा सरकारी तथा गैर सरकारी क्षेत्रको बजेटले महिला र पूरुषमा पार्ने प्रभावहरुको अध्ययन गर्न समन्वय गर्ने ।

 

२०६४/२०६५ वर्षको बजेट भाषणको लैङ्गिक बजेट कार्यान्वयन (बुंदा नं ८८)

महिला वर्गको सशक्तिकरणका लागि आर्थिक, सामाजिक र राजनीतिक प्रक्रियामा उनीहरुको सहभागिता सुनिश्चित गर्न लैङ्गिक उत्तरदायीबजेट अवधारणालाई कार्यान्वयनमा ल्याएको छ । सो अनुसार हालसम्मको लैङ्गिक उत्तरदायी बजेटको (४ वर्षको) विवरण यस प्रकार छन्:

सि.नं. आ.व.  प्रत्यक्ष उत्तरदायि (अर्ब मा ) अप्रत्यक्ष उत्तरदायि (अर्ब मा ) तटस्थ (अर्ब मा )
२०६४/६५ १९.०९ (११.३०%) ५६.०३ (३३.१६%) ९३.८७ (५५.५४%)
२०६५/६६ ३२.९१ (१३.९४% ७२.३९ % ले बृधि) ८३.५८ (३५.४१% ४९.१७% ले बृधि ) १९.५३ (५०.६४% २७.३४% ले बृधि )
२०६६/६७ ४९.४६ (१७.३०% ५०.२९% ले बृधि) १०४.१६ (३६.४३% २४.६२% ले बृधि ) १३२.३२ (४६.२७% १०.७०% ले बृधि )
२०६७/६८ ६०.६१ (१७.९४% २२.७५% ले बृधि) १२२.१६ (३६.३०% १०.७५% ले बृधि ) १५४.६४ (४५.७६% १४.४३% ले बृधि )
२०६८/६९ ७३.३३ (१९.०५% २०.९९% ले बृधि) १७६.६ (४५.७८% ४३.६७% ले बृधि ) १३५.३५ (३५.१७% १२.४७% ले घटी)

 

Gender Responsive Budget Formulation Guideline,2069
GRB  English Broucher (Old)
GRB Nepali Broucher (Old)
GRB Progress Report, 2008
UNIFEM Budget Audit in Seven Ministries, 2008

 



Go To Top